मृत्युपछि डायलासिस पालो
झापा । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्।
काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्।
लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्। मिर्गौला रोगीका लागि अत्यावश्यक उपचार भनेको प्रत्यारोपण र नियमित डायलासिस नै हो। आर्थिक स्रोत नहुनेलाई मिर्गौला प्रत्यारोपण निकै महँगो पर्न जान्छ। अर्कोतिर प्रत्यारोपण गराउन पनि सहज नहुँदा नियमित डायलासिसको विकल्प देखिँदैन।
झापाकै बिर्तामोडकी लक्ष्मी नेपालीले ७० वर्षका पतिलाई चार वर्षदेखि डायलासिस गराउँदै आएकी छन्। ‘पैसा नहुनेले डायलासिसको पालो पर्खिंदा पर्खिंदा मर्नुपर्छ’, नेपाली भन्छिन्, ‘टाढा गएर डायलासिस गराउन पालो पाए पनि परिवारको सम्पत्ति नै सखाप हुने रै’छ।’ निःशुल्क डायलासिस सेवामा पालो पाउन मिर्गौलाका बिरामीको प्रत्यारोपण गर्नुप¥यो या मृत्यु नै हुनुपर्ने अवस्था रहेको मेची अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन्।
उनका अनुसार मेची अस्पतालमा दैनिक ९ जनाले निःशुल्क डायलासिस गराइरहेका छन्। तर, ८० जना बिरामी नाम लेखाएर पालो पर्खेर बसेका छन्। कुनै बिरामीले प्रत्यारोपण ग¥यो वा मृत्यु भयो भने नाम लेखाएकाहरूलाई दर्ताका आधारमा डायलासिस गर्न खबर गर्ने गरिएको उनी सुनाउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण