रुपन्देहीका छुट्टाछुटै स्थानमा ३ पुरुष मृत फेला
शुक्रबार, १९ मङ्सिर २०७७, १३ : ३७
बुटवल । रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण