मुरारी अर्यालको सम्झना

कोरोना संक्रमणका कारण केही दिनअघि निधन भएका मार्क्सवादी चिन्तक मुरारी अर्यालका जीवनवृत्त र उनले पुर्याएका योगदानलाई प्रगतिशील साहित्यकारहरुले स्मरण गरेका छन् ।
आज एक जुम मिटिङमार्फत भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनको सम्झना गरिएको हो ।
त्यस अवसरमा प्रगतिशील साहित्यकार निनु चापागाई, खगेन्द्र संग्रौला, आहुति, मेरि डेशन, देविका तिमिल्सिना, हरिगोविन्द लुइँटेल, यादव देवकोटा लगायका वक्ताहरुले नेपालको प्रगतिवादी आन्दोलन र प्रगतिशील साहित्यका विविध फाँटमा अर्यालले पुर्याएका योगदानहरुको चर्चा गर्दै उनको सम्झना गरेका हुन् ।
त्यसअवसरमा निनु चापागाईले निधन भइसकेका व्यक्तिलाई श्रद्धान्जली दिने सन्दर्भमा गम्भीर ढंगले पुनर्विचार गर्नुपर्ने बताएका थिए भने अर्का वक्ता आहुतिले पनि श्रद्धान्जली लिने मानिसको नै निधन भइसकेको अवस्थामा सम्झना उल्लेख गरिनु उपयुक्त हुने बताएका थिए ।
कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघका महासचिव समीर सिंह र संघका पूर्व अध्यक्ष मातृका पोखरेलले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा महामन्त्री धवलशमशेरविरुद्ध ४ वटा मुद्दामा अभियोग दर्ता
-
स्टेलान्टिसको नेपालमा दोश्रो मल्टी-ब्राण्ड डिलरशिप: साङ्ग्रिला मोटर्समार्फत उत्तरढोकामा प्रिमियम शोरूम सञ्चालनमा
-
रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन
-
तीनकुने घटना : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी
-
रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा
-
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र