तीनकुने घटना
रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा
आइतबार, ११ जेठ २०८२, १६ : २९
सारांश
- काठमाडौंको तीनकुने घटनामा रास्वपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध मुद्दा चल्ने भएको छ।
- उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ताका लागि काठमाडौं जिल्ला अदालतमा फाइल पुगिसकेको छ।
- पक्राउ परिसकेका दुवै नेता रिहा भइसकेका छन्, राणा उपचारका लागि र मिश्र बन्दीप्रत्यक्षीकरण रिटबाट रिहा भएका थिए।
काठमाडौँ । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आइतबार उक्त मुद्दा दर्ता हुन लागिएको छ । मुद्दा दर्ताका लागि अदालतमा फाइल पुगिसकेको अदालत स्रोतले बतायो ।
दुबै नेता यसअघि नै पक्राउ परेर रिहा भइसकेका छन् ।
राणा उपचारको लागि भनेर रिहा भएका थिए भने मिश्र सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटका आधारमा रिहा भएका थिए ।
समाचारमा राप्रपा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण