समस्याको समाधान स्थायी कमिटीबाट खोजिनुपर्छः मुख्यमन्त्री पोखरेल
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने र झगडाको पछि नलाग्न कार्यकर्तालाई उनले अनुरोध गरे ।
आम कार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको सामधान स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राखे ।
पार्टी गहिरो सङ्कटमा रहेको बताउँदै उनले यस सङ्कटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गरे । नेतृत्वबाट सिर्जित समस्या आफैँले नै समाधान गर्नुपर्ने धारणा उनको थियो । पहिला पार्टी अलग–अलग हुँदा एकता भइसकेको जस्तो देखिए पनि अहिले पार्टी एकता भएपछि मन विभाजित जस्तो देखिनु राम्रो नभएको उनले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पहिले पार्टीका कार्यकर्ताको भेटमा सञ्चोबिसञ्चो सोध्ने गर्थे, अहिले पार्टी फुट्छ कि फुट्दैन भनेर सोध्ने गरेको बताए । उनले पार्टीलाई माया गर्नेहरु सङ्कटले गर्दा डाँको छाडेर रोएको बताउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने बताए । उनले पार्टीमा देखिएका समस्या बैठकबाट हल गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले नेकपा पार्टी एकतालाई थप बलियो बनाउन आवश्यक रहेको बताए । उनले पार्टी बलियो हुँदा देश र जनताको हितमा काम हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण