शाहरुखसँग होइन सलमानसँग हुन्थ्यो विलासी बंगला मन्नत, यसकारण खरिद गरेनन्
बलिउड सुपरस्टार शाहरुख खान जति चर्चित छन् त्यति नै उनको घर मन्नत पनि चर्चाको केन्द्रमा रहने गर्छ । शाहरुख खानले यो बंगला सन् २००१ मा १३.३२ करोड भारुमा खरिद गरेका थिए । आज यसको मूल्य २०० करोड भारुभन्दा बढी छ । तर यो घर कुनैबेला सलमान खानको हुँदै थियो ।
सलमान खानले एकपटक बताएका थिए कि शाहरुख खानभन्दा अघि उनले उक्त घर खरिद गरिसक्थे । बुवाले यत्रो ठूलो घर किन किन्छौ भनेपछि आफूले उक्त निर्णय फिर्ता लिएको उनले बताएका थिए ।
सलमानले भनेका थिए, ‘जब म आफ्नो करियरको सुरुवात गरिरहेको थिएँ तब मन्नत मलाई अफर गरिएको थियो । ’
सलमानले यसबारे आफ्ना पितासँग पनि कुरा गरेका थिए ।
सलमानले भने, ‘जब मैले आफ्ना पिता सलिम खानलाई यसबारे सोधेँ तब उहाँले यति ठूलो घर के गर्ने ? भन्नुभयो, त्यसपछि मैले यसबारे सोच्नै छोडेँ । ’
सलमानले शाहरुखलाई ठट्यौली पारामा सोधे, ‘आखिर तिमी यति ठूलो घरमा के गर्छौ ?’
केही समय अघि शाहरुख खानले घर खरिद गर्नेबेलाको समय याद गर्दै आफूले निकै मुश्किलले उक्त घर किनेको बताएका थिए । त्यसैले उक्त घर उनका लागि निकै विशेष भएको उनले बताए ।
शाहरुख खानले भनेका थिए, ‘म दिल्लीको हुँ र दिल्लीमा बस्नेहरुलाई घर नै मनपर्छ । मुम्बईमा मानिसहरु अपार्टमेन्टमा बस्छन् । तर दिल्लीमा तपाईंसँग खासै पैसा नभएपछि तपाईंलाई आफ्नो घरमा बस्न मनपर्छ । म मुम्बईमा आउँदा विवाहित थिएँ र श्रीमती गौरीसँग एक अपार्टमेन्टमा बसेको थिएँ ।’
शाहरुखले भने, ‘जब गौरीलाई उनका माइतीबाट भेट्न आए तब उहाँहरुले तिमी कति सानो घरमा बसिरहेका छौ भनेर प्रश्न सोध्नुभयो । त्यसपछि जब मैले मन्नत देखेँ तब मलाई त्यसले दिल्लीको याद दिलायो र यो मैले खरिद गरेँ । यो अहिलेसम्मको मेरो सबैभन्दा महँगो चिज हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण