खोल्सामा नवजात शिशु मृत फेला
बुधबार, २४ मङ्सिर २०७७, १० : ४९
बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।
बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ ।
अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु तानसेन नगरपालिका –१४ घर भई बगनासकाली गाउँपालिका –३ स्थित माईती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको खुल्न आएकोले निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण