अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव
अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।
समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए । मतदानको अर्थ खोपको प्रयोगका लागि तत्कालै अनुमति दिइनेछ भन्ने चाहिँ होइन ।
एफडीएले सुझावलाई ग्रहण गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । तर संस्थाले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिने संकेत गरिसकेको छ ।
एफडीएको खोप कार्यक्रमबारेको सल्लाहकार समितिको बैठक बसेर खोपको आपत्कालिन अनुमति दिने वा नदिने निर्णय गर्नुपर्छ । यसको बैठक शुक्रबारलाई तय गरिएको छ र सम्भवतः आइतबार यसबारे मतदान गरिने अनुमान गरिएको छ ।
एफडीएले अनुमति दिएको २४ घण्टाभित्र खोपलाई आवश्यक ठाउँमा पठाउन तयार रहेको अधिकारीहरुले बताएका छन् ।
अर्को हप्ता मोडेर्नाको खोपको बारेमा निर्णय गर्न बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण