बैंकिङ क्षेत्रका कारण ४६ अंकले बढ्यो सेयर बजार
काठमाडौं । सेयर बजार परिसूचक फेरि २ हजारभन्दा माथि पुगेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ४६.४३ अंकले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगको हो । आज बजारमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आइतबारको बजार यसरी माथि उक्लिनुमा उत्पादनमूलक, जीवनबीमा र बैंकिङ क्षेत्रको भूमिका प्रमुख छ । बैंकिङ क्षेत्र ३.१९ प्रतिशत, उत्पादनमूलक क्षेत्र ५.९९ प्रतिशत तथा जीवनबीमा क्षेत्र ४.३७ प्रतिशतले बढ्दा बाँकी ९ उपसूचमध्ये व्यापारमूलक, होटल र हाइड्रोपावरको उपसूचक घटेका छन् भने बाँकी उपसूचकहरु भने बढेका छन् ।
उत्पादनमूलक र बीमा क्षेत्रको वृद्धि धेरै देखिए पनि बैंकिङ क्षेत्रमा ठूला कम्पनीहरु भएको हुनाले आजको उच्च वृद्धिमा बैंकिङ क्षेत्रकै योगदान बढी छ । आइतबार बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय २४ वटाको मूल्य बढेको छ । ३० वटा कम्पनीको मूल्य घट्दा १९ वटा कम्पनीको मूल्य बराबर रहेको छ ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोडको सर्वाधिक कारोबार भयो । सबैभन्दा बढी कमाउने महुली लघुवित्त, साधना लघुवित्त, नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीको मूल्य ९ प्रतिशतभन्दा बढी रहँदा ५ प्रतिशत मूल्य घटेको अपर तामाकोशीको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण