शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ क्षेत्रका कारण ४६ अंकले बढ्यो सेयर बजार

आइतबार, २८ मङ्सिर २०७७, १५ : ५९
आइतबार, २८ मङ्सिर २०७७

काठमाडौं । सेयर बजार परिसूचक फेरि २ हजारभन्दा माथि पुगेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ४६.४३ अंकले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगको हो । आज बजारमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आइतबारको बजार यसरी माथि उक्लिनुमा उत्पादनमूलक, जीवनबीमा र बैंकिङ क्षेत्रको भूमिका प्रमुख छ । बैंकिङ क्षेत्र ३.१९ प्रतिशत, उत्पादनमूलक क्षेत्र ५.९९ प्रतिशत तथा जीवनबीमा क्षेत्र ४.३७ प्रतिशतले बढ्दा बाँकी ९ उपसूचमध्ये व्यापारमूलक, होटल र हाइड्रोपावरको उपसूचक घटेका छन् भने बाँकी उपसूचकहरु भने बढेका छन् । 

उत्पादनमूलक र बीमा क्षेत्रको वृद्धि धेरै देखिए पनि बैंकिङ क्षेत्रमा ठूला कम्पनीहरु भएको हुनाले आजको उच्च वृद्धिमा बैंकिङ क्षेत्रकै योगदान बढी छ ।  आइतबार बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय २४ वटाको मूल्य बढेको छ । ३० वटा कम्पनीको मूल्य घट्दा १९ वटा कम्पनीको मूल्य बराबर रहेको छ । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोडको सर्वाधिक कारोबार भयो । सबैभन्दा बढी कमाउने महुली लघुवित्त, साधना लघुवित्त, नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीको मूल्य ९ प्रतिशतभन्दा बढी  रहँदा ५ प्रतिशत मूल्य घटेको अपर तामाकोशीको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप