सरकार असफल बनाउने खेलले आर्थिक क्रान्ति शुरु हुन सकेनः मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको दावी गरेका छन् । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको शुरुवात हुन नसकेको बताए । सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने म्यासेज दिन खोजिएको पनि मन्त्री गुरुङले बताए ।
नेपाललाई छिमेकी मुलुकहरुले गरि खाएको देख्न नचाहने परिस्थितिले पनि राजनीतिक स्थिरता कायम हुन नसकेको टिप्पणी मन्त्री गुरुङले गरे । राजनीतिक पार्टीहरु र नेताहरुको बीचमा देखिएको असन्तुष्टिले फेरि पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने उनले बताए ।
देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरतातर्फ लैजाने समृद्धितर्फ लैजानको निम्ति वातावरण बन्नुपर्ने बताए । तर त्यस्तो वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भएको मन्त्री गुरुङले बताए ।
हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानून आवश्यक पर्छ सम्बन्धित मन्त्रालय मार्फत सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीहरुका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । महासंघले मंसिर २९ र २० गते पनि कला प्रदर्शनी तथा अन्य विभिन्न कार्यक्रम गरी भव्य खुशीयाली तथा हर्षोल्लाषका साथ वार्षिकोत्सव तथा हस्तकला दिवस मनाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण