भाजपा अध्यक्षसहित १० केन्द्रीय मन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासहित १० भारतीय केन्द्रीय मन्त्रीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भाजपा अध्यक्ष नड्डालाई ३ दिन पहिले पश्चिम बंगालको भ्रमणबाट फर्किएलगत्तै कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएलगत्तै अध्यक्ष नड्डाले सबै सार्वजनिक कार्यक्रमहरु स्थगित गरेर होम आइसोलेसनमा बसेका छन् । उनले आफु चिकित्सकहरुको सल्लाहमा होम आइसोलेसनमा रहेको बताउँदै आफुसँग सम्पर्कमा आएकाहरुलाई पनि स्वयं आइसोलेसनमा बसी स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।
त्यस्तै भारतीय गृहमन्त्री अमित साह लगायत १० केन्द्रीय मन्त्रीहरु पनि कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित हुने मन्त्रीहरुमा गृहमन्त्री अमित शाह, ग्रामीण विकास राज्यमन्त्री साध्वी निरञ्जन, रसायन एवम् उर्वरक मन्त्री सदानन्द गौडा, परिवहन मन्त्री नितिन गडकरी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, सामाजिक न्याय एवम् अधिकारिकता राज्यमन्त्री रामदास आठवाले, मन्त्री प्रल्हाद जोशी, रेल राज्यमन्त्री सुरेश अंगडी (उनको उपचारका क्रममा निधन), महिला एवम् बालविकास मन्त्री स्मृति इरानी, भारी उद्योग राज्यमन्त्री अर्जुन मेघवाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण