विदेशी मुद्रामा लिएको ऋणको अब स्वदेशी मुद्रामै सावाँ–ब्याज तिर्न सकिने
काठमाडौं । विदेशी मुद्रामा लिएको ऋणीको साँवा र ब्याज अब स्वदेशी मुद्रामै तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै विदेशी मुद्राको कारोबार गर्ने गरी स्वीकृति लिएका फर्म, कम्पनीहरुले कर्जाको साँवा ब्याज नेपाली मुद्रामै तिर्न सक्ने जनाएको हो ।
कोभिड–१९ का कारण विदेशी मुद्रा आम्दानी नभएको निष्कर्ष निकाल्दै बैंकले अर्को व्यवस्था नहुँदासम्म विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा नै किस्ता भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ । बैंकद्धारा जारी परिपत्रमा भनिएको छ,‘परिवर्त्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारणले सम्बन्धित फार्म, कम्पनी वा उद्योगहरुको विदेशी मुद्रा आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था नभएमा अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिनेछ ।’
यस्तो व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा–१२ ले दिएको अधिकार प्रयोग गरी सो परिपत्र जारी गरिएको बैंकले जनाएको छ । योसँगै विषेशगरी पर्यटन क्षेत्रका व्यवसायीहरुलाई विदेशी मुद्रामा लिएको ऋणको साँवा ब्याज भूक्तानी नेपाली रुपैयाँमा गर्न बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण