बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा बलात्कारीका लागि नयाँ कानूनः दोषीलाई नपुंसक बनाउने प्रावधान

बुधबार, ०१ पुस २०७७, ०८ : ०६
बुधबार, ०१ पुस २०७७

पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ जसको उद्देश्य मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायको प्रावधान गर्नु हो । 

कडा सजायअन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु हो ।

मंगलबार पाकिस्तानका राष्ट्रपतिले यो नयाँ बलात्कार सम्बन्धि कानूनमाथि दस्तखत गरेका छन् । 

यो अध्यादेशअन्तर्गत यौन अपराधमा समावेश मानिसहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान खोप्य राख्ने निर्णय पनि गरिएको छ । साथै केही अपराधीलाई औषधी दिएर उनीहरुलाई नपुंसक बनाउने निर्णय पनि गरिएको छ । 

यस्ता घटनाको सुनुवाईका लागि स्पेशल फास्ट ट्र्याक कोर्टको गठन गरिनेछ र यस्ता घटनाको अदालतमा चार महिनामा सुनुवाई पूरा गरेर निर्णय सुनाइनेछ । 

लाहौरको बर्बर घटनाः

लाहौर शहर बाहिर एक महिलामाथि भएको सामुहिक बलात्कारको घटना पछि पाकिस्तानमा यौन अपराधविरुद्ध जुन प्रकारको माहौल बनेको थियो, यो कानून त्यसैलाई मध्यनजर गर्दै ल्याइएको हो । 

यी महिला आफ्ना दुई सन्तानसहित लाहौरतर्फ आइरहेकी थिइन्, त्यति नै बेला हाईवेको किनारमा उनीमाथि हमला गरिएको थियो । घटना हुँदा महिलाका दुबै सन्तान त्यहिँ थिए । 

लाहौरका सबैभन्दा ठूला प्रहरी अधिकारीले घटना भएको भोलिपल्टै पीडित महिला पनि आफ्नो सामूहिक बलात्कार लागि केही हदसम्म जिम्मेवार भएको बताएका थिए । उनको टिप्पणी र यो बर्बर घटनाले आम पाकिस्तानीलाई उद्वेलित गरिदिएको थियो । 

त्यसपछि देशभरी प्रदर्शन भए र सरकारले कडा कदम उठाउने बचन दियो । 

कानूनको आलोचनाः

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र उनको मन्त्रीमण्डललले गत महिना यो अध्यादेशलाई मञ्जुरी दिएको थियो । 

देशका राष्ट्रपति आरिफ अल्वीले मंगलबार यो अध्यादेशमा हस्ताक्षर गरेका हुन् । 

इमरान खानको सरकारसँग अब १२० दिनको समय छ र यतिदिन भित्र उनले यो कानूनलाई संसदको सामुन्ने राख्नुपर्ने हुन्छ ता कि यसलाई स्थायी कानूनको दर्जा दिन सकियोस् । त्यतिबेलासम्म यहि कानून लागू हुनेछ । 

यद्यपि, पाकिस्तानमा यस्ता मानिसहरु पनि छन् जसले यो कानूनको आलोचना गरिरहेका छन् । 

उनीहरुका अनुसार सजाय निकै कडा छ र सरकारी अधिकारीले यो तयार गर्नु अघि आवश्यक विचार–विमर्शको प्रक्रियाको पालना गरेका छैनन् । 

केमिकल क्यास्ट्रेशनः

संसारका केही अन्य मुलुकमा केमिकल क्यास्ट्रेशन अर्थात् औषधी दिएर नपुंसक बनाउने प्रावधान छ । 

यौन अपराधीको मामिलामा यसको उद्देश्य औषधीमार्फत् टेस्टोस्टेरोन हर्मोन कम गर्नु हो । 

सन् २०१६ मा इन्डोनेसियाले बालबालिकाविरुद्ध यौन अपराध गर्नेहरुका लागि केमिकल क्यास्ट्रेशनको प्रावधान लागू गरेको थियो । सन् २००९ मा पोल्याण्डले बालबालिकाको बलात्कार गर्ने वयस्कका लागि यसलाई अनिवार्य रुपमा लागू गरेको थियो ।  – बीबीसी

हालका वर्षका पाकिस्तानमा यौन हिंसाविरुद्ध मानिसहरुको जागरुकता बढेको छ । 

सन् २०१५ मा एक महिलाको एक दुरदराज गाउँमा बलात्कार भएको थियो जसको भिडियो फुटेज सोसल मिडियामा जारी गरिएको थियो । 


   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप