सरकारले ल्याएको अध्यादेश संविधानको भावना र मर्म विपरित- जसपा नेपाल
बुधबार, ०१ पुस २०७७, १७ : ४८
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले अध्यादेश ल्याएर संविधानको भावना र मर्ममाथि प्रहार गरेको आरोप लगाएको छ । जसपाले सो अध्यादेश फिर्ता लिइ हिउँदो अधिवेशन बोलाउन माग गरेको छ । जसपा नेपालका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी संघीय व्यवस्थापिका संसदलाई उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रणपूर्वक स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन सरकारले संविधानको भावना र मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन् ।
सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुको साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी देशलाई राजनीतिक द्धन्दको भूमरीतर्फ धकेल्ने कार्य गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण