चीनको चांग ई–५ यान धर्तीमा फर्कियो
चन्द्र धरातलको नमूना लिएर पृथ्वी फर्केन चीनको महत्वाकांक्षी चन्द्र अभियान सफल भएको छ । त्यसअन्तर्गत चन्द्रयान चाङ’इ –५ ले सो कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।
गत डिसेम्बर १ का दिन चाङ’इको रोभर चन्द्र धरालतमा उतारिएको थियो । त्यसले चन्द्र धरातलको २ मिटर खनेर त्यहाँबाट करिब २ किलो माटो र ढुंगाका नमूना संकलन गरेको थियो ।
चाङ’इ ५ चन्द्रमाको सतह टेक्ने चीनको तेस्रो यान हो भने त्यहाँबाट सफलतापूर्वक पृथ्वी फर्केन पहिलो यान पनि बनेको छ ।

त्यसो त विश्व इतिहासमै चन्द्र धरातलबाट नमूना लिएर पृथ्वीमा फर्केको यो तेस्रो घटना हो । यो बितेका ४५ वर्षयताको पहिलो प्रयास पनि हो । यसअघि १९७६ मा रुसी चन्द्रयान लुना २४ ले चन्द्र धरातलको नमूना संकलन गरेर ल्याएको थियो ।
उक्त चन्द्रयान स्थानीय समयअनुसार बिहीबार बिहान १ बजेर ५९ मिनेटमा चीनको स्वशासित क्षेत्र मंगोलियाको सिजिवाङ जिल्लामा अवतरण गरेको थियो । चीनको आधिकारिक समाचार संस्था सिन्व्हाले सो अभियानमा संलगन वियान हानचेंगलाई उद्धदृत गर्दै जनाए अनुसार, सानो आकार, अँध्यारो र धेरै वरफ परेको कारण यानलाई पृथ्वीमा फर्काउने प्रक्रिया धेरै जटील रह्यो ।

चाइना नेशनल स्पेस एड्मिनिस्ट्रेसनका प्रमुख झांग केजीएनले चीनको यस अभियानलाई पूर्ण सफल अभियान भनेर घोषणा गरेका छन् । चिनिया स्पेस एजेन्सीका अनुसार चन्द्र धरातलको नमूना लिएर आएको क्याप्सुस पृथ्वीबाट ५ हजार किलोमिटर माथि नै अरबिटरबाट अलग भएको थियो । बिहानको १ बजेर ३३ मिनेटमा यसले १२० किलोमिट माथि पृथ्वीको वातावरणमा प्रवेश गरेको थियो । उक्त समयमा त्यसको अनुमानित गति ११.२ किलोमिटर प्रतिसेकेण्ड थियो । पृथ्वीबाट १० किलोमिटर माथि छँदा उक्त क्याप्सुलको प्यारासुट खुलेको थियो र विस्तारै सफलतापूर्वक पृथ्वीमा अवतरण गर्न सम्भव भएको थियो ।

चाङ’इ– ५ को यो सफलता चीनको अन्तरिक्ष अभियानमा महान फड्को हो । उसको यो अभियानको सफलताले अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाको एकाधिकारवादी वर्चस्वलाई तोडिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण