बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए
लण्डन । बेलायतमा २४ घण्टाभित्र झन्डै ३६ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशलकेयर’ आइतबार सार्वजनिक गरेको तथ्याँकअनुसार थप ३५ हजार ९२८ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै बेलायतला कोरोना संक्रमितको कुल संख्या बीस लाख ४० हजार १४७ पुगेको छ । संक्रमण डर तीव्र भएको भन्दै सरकारले राजधानी लण्डनसहित दक्षिणी र पूर्वी इंग्ल्याण्डका विभिन्न क्षेत्रहरुमा आइतबारदेखि ‘टिएर ४’ लागू गर्दै कडा प्रतिबन्धहरु लागू गरेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७६ हजार २८७ पुगेको छ । बेलायतमा एकसाताभित्र तीन हजार १६० जनाको मृत्यु भएको छ । संक्रमण डर बढेसंगै दैनिक हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको नेशनल हेल्थ सर्भिस बेलायतले जनाएको छ । आइतबार साँझ सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप दुई हजार ३४ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ३६४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतका चार राज्यमध्ये वेल्स र नर्दन आयरल्याण्डमा देशव्यापी लकडाउन नै हुँदैछ भने स्कटल्याण्ड र इङ्ग्ल्याण्डमा लकडाउनजस्तै कडा प्रतिवन्धहरु घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार अपरान्ह विशेष सम्बोधनमार्फत् यसअघि देशव्यापी रुपमा कार्यान्वयनमा रहेका तीन तहका प्रतिवन्धभन्दा झनै कडा चौंथो तहको प्रतिवन्ध घोषणा गरेका हुन् ।
गत मार्च र नोभेम्बर महिनामा दुई चरणमा गरी साढे तीन महिनाको लकडाउन खेपिसकेको इंग्ल्याण्डमा अहिले घोषित टिएर ४ का प्रतिवन्ध पनि लकडाउनकै समान छन् । उक्त घोषणापछि लण्डनसहितका क्षेत्रहरुमा अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय आइतबारदेखि नै बन्द भएका छन् । अत्यन्त जरुरी बाहेकका अवस्थामा घरभित्रै बस्न ‘स्टे होम’ को अपिल जारी गरिएको छ । सो क्षेत्रका मानिसहरुले एकाघर बाहेकका एकजना मानिससँग मात्र बाहिर भेट्न पाउनेछन् । पछिल्ला दिनहरुमा बेलायतमा निकै तीव्र गतिमा फैलिने नयाँ स्वरुपको कोरोना भाइरस देखिएको यहाँका वैज्ञानिकहरुले बताएका छन् । यसबारे विस्तृत अध्ययन भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण