कृष्णबहादुर महरा पहिलोपटक नेकपा बैठकमा सहभागी
मङ्गलबार, ०७ पुस २०७७, १४ : २२
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पहिलोपटक नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । बैठकले उनलाई स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।
स्थायी समितमा लैजाने निर्णय गरेलगत्तै महरा बैठकमा सहभागी भएका हुन् । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका छन् । नेकपा बनेपछि महरा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिएनन् । निजी सचिवालयकी महिलासँग नाम जोडिएपछि उनले तत्कालीन सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई सो केसमा अदालतले सफाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण