रुसी पूर्व राष्ट्रपतिलाई पक्राउ र छानविन गर्न नपाइने
एजेन्सी । रुसी संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार हस्ताक्षर गरेका छन् । जसअनुसार पूर्व राष्ट्रपति र उनको परिवारविरुद्ध कुनै मुद्दा अघि बढ्ने छैन । प्रहरीले छानविनका लागि पक्राउ वा सोधपुछ गर्न पाउनेछैन ।
त्यस्तै, पद छाडेपछि आजीवन संसद्को माथिल्लो सदन सिनेटको सदस्य बन्ने अवसर पनि राष्ट्रपतिले पाउँछन् । अर्थात्, रुसमा एकपटक राष्ट्रपति बनेपछि जीवनभर अपराधका लागि प्रतिरक्षा प्रदान हुनेछ । गम्भिर अपराध र राजद्रोहजस्ता मुद्दा भने संसद्को तल्लो सदनमा दर्ता हुनसक्छ, यद्यपी माथिल्लो सदनले बहुमतले यसलाई उल्ट्याइदिनसक्छ ।
यो विधेयक यसअघि नै रुसका दुुबै संसद्बाट पारित भइसकेको छ । पुटिनले हस्ताक्षर गरेसँगै यसले वैधता पाएको छ । यस वर्ष जुुलाईमा संविधान संशोधनका लागि रुसमा जनमत संग्रह गरिएको थियो, जसमा पुटिनको पार्टी विजयी भयो ।
वर्ष २०३६ सम्म पुटिन रुसको राष्ट्रपति बनिरहन पाउने अर्थात् थप दुुई कार्यकाल राष्ट्रपति बन्ने बाटो पनि उनका लागि संविधान संशोधनले नै खोलेको थियो । पुटिन ६८ वर्षका भए र उनी अहिले चौथो कार्यकाल रुसको राष्ट्रपति छन् । उनको यो कार्यकाल २०२४ मा पूरा हुँदैछ । सन् २००० देखि नै रुसको सत्तामा रहेका पुटिनले कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण