पाँच महिनामा दाङका १२ जनाको विदेशमा मृत्यु
घोराही । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ ।
मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र बिरामी भएर उनीहरुको मृत्यु भएको हो ।
अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको छ । साथै रोजगारीको शिलशिलामा विदेश पुगेका मध्ये ५८ जनाको उद्धार भएको छ । अप्ठेरोमा परेका उनीहरुलाई दूतावास, मेनपावर कम्पनी र श्रम मन्त्रालयको सहकार्यमा उद्धार गरिएको हो । त्यसैगरी ठगीमा परेका २२ जना मध्ये ५ जनाको ९ लाख ५० हजार रुपैयाँ फिर्ता गराउन सफल भएको परियोजनाले जनाएको छ । दाङका करिब ७७ हजार नागरिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण