म्याराडोनाकाे शव परीक्षणमा भेटिएन मादक र लागू औषधका संकेत

फुटबलका महानायक म्याराडोनाको अचानक निधन भएपछि विभिन्न थरिका षड्यन्त्रका सिद्धान्तहरुका बारेमा चर्चा भइरहेकै छन् । कतिपयले उनको निधन मादक पदार्थ वा लागू औषधको सेवनको कारण भएको हुन सक्ने चर्चा गरिरहेका छन् ।
तर उनको शव परीक्षणको रिपोर्टले त्यो कुरालाई खण्डन गरेको छन् । ६० वर्षको उमेरमा निधन भएका यी फूटबलका जादूगरको शव परीक्षणमा उनको शरीरमा त्यस्तो कुनै मादक पदार्थ वा लागु औषध फेला नपरेको जनाइएको छ । सो रिपोर्ट अनुसार, म्याराडोनाको मृगौला, मुटु र फोक्सोमा समस्या रहेको थियो ।
गत बुधबार सार्वजनिक गरिएको सो रिपोर्टअनुसार, म्याराडोनाले विभिन्न सात थरिका औषधीहरु सेवन गरिरहेका थिए । उनले मानसिक अवसाद (डिप्रेसन), छट्पटी –एन्टाइटी) लगायत अन्य विभिन्न समस्याहरुको उपचारका लागि ती औषधीहरु सेवन गर्ने गरेको जनाइएको छ ।
अर्जेन्टिनाका अधिकारीहरुले म्याराडोनाको मृत्युका सही कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् ।
यसअघि जारी गरिएको चिकित्सीय जानकारीअनुसार, म्याराडोनाको निधन ‘एक्युट पल्मोनरी इडिमा र क्रोनिक हार्ट फेलियर’का कारण भएको जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द