म्याराडोनाकाे शव परीक्षणमा भेटिएन मादक र लागू औषधका संकेत
फुटबलका महानायक म्याराडोनाको अचानक निधन भएपछि विभिन्न थरिका षड्यन्त्रका सिद्धान्तहरुका बारेमा चर्चा भइरहेकै छन् । कतिपयले उनको निधन मादक पदार्थ वा लागू औषधको सेवनको कारण भएको हुन सक्ने चर्चा गरिरहेका छन् ।
तर उनको शव परीक्षणको रिपोर्टले त्यो कुरालाई खण्डन गरेको छन् । ६० वर्षको उमेरमा निधन भएका यी फूटबलका जादूगरको शव परीक्षणमा उनको शरीरमा त्यस्तो कुनै मादक पदार्थ वा लागु औषध फेला नपरेको जनाइएको छ । सो रिपोर्ट अनुसार, म्याराडोनाको मृगौला, मुटु र फोक्सोमा समस्या रहेको थियो ।
गत बुधबार सार्वजनिक गरिएको सो रिपोर्टअनुसार, म्याराडोनाले विभिन्न सात थरिका औषधीहरु सेवन गरिरहेका थिए । उनले मानसिक अवसाद (डिप्रेसन), छट्पटी –एन्टाइटी) लगायत अन्य विभिन्न समस्याहरुको उपचारका लागि ती औषधीहरु सेवन गर्ने गरेको जनाइएको छ ।
अर्जेन्टिनाका अधिकारीहरुले म्याराडोनाको मृत्युका सही कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् ।
यसअघि जारी गरिएको चिकित्सीय जानकारीअनुसार, म्याराडोनाको निधन ‘एक्युट पल्मोनरी इडिमा र क्रोनिक हार्ट फेलियर’का कारण भएको जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
