पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
आइतबार, १२ पुस २०७७, १२ : ५५
इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।
बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख
-
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
-
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव आएको छैन : कोशी प्रदेशसभा सचिवालय
-
राजनीतिक जीवनको कठिन मोडमा प्रचण्ड
-
स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापनाको आवश्यक : मन्त्री अर्याल
-
माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन