संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान
आइतबार, १२ पुस २०७७, १८ : ३६
काठमाडौं । संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले रातोपाटीलाई बताए । चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
डिएसपी मल्लकाअनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।
आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समूहले गोली हानेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाऊ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता