प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाड्छौंः भुसाल
सोमबार, १३ पुस २०७७, १७ : १२
परासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाड्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने बताउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाडिने बताएका हुन् ।
नेता भुसालले भने–‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।’ उनले अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण