संसद विघटनपछि चीनको पहिलो प्रतिक्रियाः पछिल्ला राजनीतिक घटनाक्रमप्रति सुसूचित छौं
काठमाडौं । चीनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू सुसूचित रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुष ५ गते संसद भंग गरेको कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले उक्त प्रतिक्रिया दिएको हो ।
सोमबार चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता झाओ लिजानले भने, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी भिन्नताहरु राम्रोसँग ब्यवस्थापन गर्नेछन् र राजनीतिक स्थिरता र राष्ट्रिय विकासप्रति प्रतिवद्ध हुनेछन् ।’ साथै उनले चीनले नेपालको आन्तरिक मामिलामा असंग्लनताको नीति लिएको प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले संसद भंग गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समेत विभाजन आइसकेको छ । नेकपाका दुई समूह औपचारिक रुपमा आ–आफ्नो पक्षलाई वैधानिक दिने प्रक्रियामा गइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपपमन्त्रीको नेतृत्वको टोली अहिले नेपाल भ्रमणमा रहेको छ ।
उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेता लगायतसँग भेटवार्ता गरिसकेको छ । त्यसअघि देखिनै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो: मन्त्री अधिकारी
-
‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा
-
डिशहोमले विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै
-
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : उद्योगीमन्त्री
-
विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत
-
जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?