सही र सत्य सूचना मात्र दिने गरौं: मन्त्री ढकाल
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गरेका हुन् । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गरे ।
यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझाव मात्रै दिन आग्रह गरेका हुन् । मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताए । तर समय परिस्थितिअनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने पनि मन्त्री ढकालले बताए । यस्तै व्यक्तिगत हितको लागि भन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न समेत आग्रह गरे ।
परिवर्तिन राजनीतिक घटनाक्रमका कारण प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गरे । केही गठन आदेशबाट हुन सक्ने काम गर्न सकिने तर ऐन नियम निर्माण गर्न प्रतिनिधि सभा नभएको अवस्थामा कानून निर्माणका आधार मात्रै तयार गर्न सकिने पनि बताए । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म लागू भएका कार्यक्रम र आगामी रणनीतिको बारेमा ब्रिफिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण