सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पूर्णकला र बद्रीको लोकगीत ‘गुन्द्री पराल’ सार्वजनिक

मङ्गलबार, १४ पुस २०७७, १८ : ३९
मङ्गलबार, १४ पुस २०७७

मुम्बई । गायिका पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ । शम्भु सापकोटाको शब्द तथा बद्री सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बिके ‘भान्जा’को रहेको छ ।

गीतको भिडियो गाउन खेलिने रोधी शैलीमा तयार भएको छ । जसमा लोमश शर्मा र आयुष्मा कार्कीलगायतको अभिनय देख्न सकिन्छ । स्मृति तिमिल्सेनाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियो गुरुआमा फिल्मस् प्रालीले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप