टेम्पो भिरबाट खसालेको घटनामा दुई जना विरुद्ध जाहेरी दर्ता, १० जना रिहा
सारांश
- कैलालीको गोदावरीमा टेम्पो भिरबाट खसालेको घटनामा वन कार्यालयका अधिकृत र जमदार विरुद्ध जाहेरी दर्ता भएको छ ।
- प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा दुई जना विरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
- घटनामा संलग्न आरोपमा पक्राउ परेका अन्य १० जना भने रिहा भएका छन् ।
काठमाडौँ । कैलालीको गोदावरीमा टेम्पो भिरबाट खसालेको घटनामा दुई जना विरुद्ध जाहेरी दर्ता भएको छ । वन कार्यालयका अधिकृत र जमदार विरुद्ध पीडित धनु धामीले किटानी जाहेरी दिएकी हुन् ।
जाहेरी दर्ता गरेर घटनामा संलग्न वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फुलारामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सनाले रातोपाटीलाई बताए।
प्रहरीले उनीहरू विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न आरोपमा आइतबार पक्राउ परेका अरू १० जना रिहा भएका छन्।
भिमदत्त राजमार्ग सड्क खण्ड स्थित गाइमारेमा व्यापार गर्ने टेम्पो बनका कर्मचारीले धकेलेर भिरबाट लडाएका थिए। टेम्पोमा व्यापार गरेर धनुले वन अतिक्रमण गरेको बनका कर्मचारीको जिकिर थियो। सोमबार दुई पक्षको बिचमा छलफल हुने भनिए पनि पीडितले जाहेरी दिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण