रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार देशहरूलाई ‘स्वचालित हतियार’ प्रणालीलाई तत्काल नियमन गर्न आह्वान गरेका छन् ।
“उनीहरूले व्यापक अपराधजन्य अत्याचार नफैलाउन सुनिश्चित गर्न सकून्,” उनले भने । जेनेभामा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा बोल्दै राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले भने, “स्वचालित हतियारको सम्बन्धमा लामो समयदेखि चेतावनी दिइएका खतराहरू द्रुत गतिमा देखा परिरहेका छन् ।”
उनले भने, “हामी युद्ध गर्ने तरिकामा विश्वव्यापी परिवर्तन देखिरहेका छौँ । यो भोलीको पिँडीका लाथि खतराको चेतावनी बनेको छ ।” संयुक्त राष्ट्रसङ्घले धेरै वर्षदेखि घातक स्वचालित हतियारको विकासविरुद्ध चेतावनी दिँदै आएको छ ।
उनले प्रजातान्त्रिक गणतन्त्र कङ्गो, गाजा, इजरायल, लेबनान र म्यान्माजस्ता ठाउँहरूमा युद्धमा ड्रोनको द्रूत गतिमा बढ्दो प्रयोगले पृथ्वीलाई ‘नरक बनाएको’ औँल्याए।
उनले ‘युक्रेनमा निरन्तर ड्रोन आक्रमणले ‘ठूलो सङ्ख्यामा हताहती बनाएको र सर्वसाधारणलाई आतङ्कित पारेको’ उल्लेख गरेका छन्।
उनले भने, “संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले सुडानमा यस वर्षको जनवरीदेखि मेको बीचमा ड्रोन आक्रमणमा एक हजारभन्दा बढी नागरिकहरूको मृत्यु भएको तथ्याङ्क दर्ता गरेको छ।” लामो दूरीको ड्रोनले सहायताका लागि गएका बन्दोबस्तीका सामान लिएर गएका गाडी र महत्त्वपूर्ण ऊर्जा पूर्वाधारहरू पनि नष्ट गरेको उनले बताए।
कृत्रिम बौद्धिकता र द्रूत प्रगतिसँगै विशेषज्ञहरूले हतियारको बढ्दो जोखिमको चेतावनी दिइरहेका छन् । मानिसहरूले त्यस्ता हतियारहरूमाथिको नियन्त्रण गुमाउन सक्छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले भने, “अर्बौं डलरका एआईबाट सञ्चालित हतियार र रक्षात्मक ढालहरूको सम्भावनाले युद्धको भयावहता, शून्यता र निरर्थकतालाई उजागर गर्दछ ।”
उनले भने, “स्वचालित हतियारहरू अपराधको लागि इजाजतपत्र बन्न सक्दैनन् ।”
एक दशकदेखि किलर रोबोट भनिने स्वचालित हतियारको प्रयोगलाई नियमन गर्ने सम्भावित भविष्यको सन्धिको बारेमा छलफल चलिरहेको छ तर यसको टुङ्गोमा पुग्न सकिएको छैन ।
देशहरूले यस वर्षको अन्त्यमा पूर्ण सन्धिका लागि वार्ता सुरु गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।
टर्कले अन्तर्राष्ट्रिय समुदायलाई खतरालाई नियन्त्रण गर्न आग्रह गर्दै अगाडि भने, “राज्यहरूले यसले उठाएका नैतिक र कानुनी प्रश्नहरूलाई तत्काल विचार गर्न आवश्यक छ,” उनले भने, “उनीहरूलाई ‘नागरिकहरूको जीवनको रक्षा गर्ने साझा दृष्टिकोणमा सहमत हुन र कूटनीति र मध्यस्थतामा पुनः प्रतिबद्धता जनाउन आग्रह गरे।
उनीहरूले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न कानुनी ढाँचाहरू अद्यावधिक गर्नुपर्नेमा उनले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण