इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
सोमबार, ०१ असार २०८३, २२ : ००
सारांश
- इन्स्पेक्टर सन्तोषकुमार खड्कालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
- इन्स्पेक्टर खड्काले सूचना सङ्कलन र अपराध अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई यो सम्मान दिइएको हो ।
- टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्का भिड नियन्त्रणमा पनि काबिल मानिन्छन् ।
काठमाडौँ । इन्स्पेक्टर सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्कालाई जेठ महिनाभरि गरेको कामको आधारमा कार्यालयले उत्कृष्ट घोषणा गरेको हो ।
सूचना सङ्कलन र अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट घोषण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । इन्स्पेक्टर खड्का सूचना सङ्कलन, अपराध अनुसन्धान र भिड नियन्त्रणमा काबिल मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण