१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
आज २०८३ असार १ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रदेश सरकारहरूले ल्याए बजेट, ११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन, अर्थतन्त्रको ‘गेमचेन्जर’ बन्ला चतुर्भुज परियोजना ? पीपीएमा सरकारको नीतिगत कडाइ, सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ, नेकपामा चुलियो असन्तुष्टि लगायत छन् ।
१. प्रदेश सरकारहरूले ल्याए बजेट
आगामी आर्थिक वर्ष (२०८३/०८४)का लागि प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका हुन् ।
२. ११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन
११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन भइरहेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आशङ्कामा छानबिन अघि बढेको हो । यस विषयमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
३. अर्थतन्त्रको ‘गेमचेन्जर’ बन्ला चतुर्भुज परियोजना ?
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको चतुर्भुज परियोजनालाई अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना मानिएको छ । यद्यपि यसको कार्यान्वयन पक्षमा विभिन्न आशङ्का नभएका होइनन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
४. पीपीएमा सरकारको नीतिगत कडाइ
वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए (विद्युत् खरिद–बिक्री सम्झौता) नीतिमा थप कडाइको नीति लिएको जनाएको छ । आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाइ गर्ने सरकारले सङ्केत गरेको हो । तर बजेटमा १० मेगावाटसम्मका आयोजनाको पीपीए टेक एन्ड पेका आधारमा तत्काल गर्ने घोषणा गरे पनि सरकार ठुला र प्राधिकरणका यसअघिका ५ हजार मेगावाट आयोजनाका विषयमा मौन बसेको छ ।
५. सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सांसद ओलीले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको ब्यूरोले सोमबार एक जनालाई पक्राउ गरेको हो ।
६. नेकपामा चुलियो असन्तुष्टि
संसदको दोस्रो ठुलो वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएको छ । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक मिलेर बनेको नेकपामा नेतृत्वको कार्यशैली, वैचारिक, सैद्धान्तिक र कार्य विभाजनलाई लिएर असन्तुष्टि चुलिएको हो ।
७. कांग्रेसका यी राष्ट्रिय सभा सदस्य जसले क्रियाशील सदस्यता अद्यावधिक गराएनन्
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकेको समयसीमा भित्र सोही पार्टीका केही संघीय सांसदले आफ्नो सदस्यता अद्यावधिक नगराएको पाइएको छ । कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ६ सांसदले क्रियाशील सदस्यता अद्यावधिक नगराएका हुन् ।
८. महिला वडा सदस्य मृत फेला
अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य मनिषा साउद मृत फेला परेकी छन् । जेठ २९ गतेदेखि बेपत्ता भएकी उनी ३१ गते साँझ पालेवन जङ्गलमा मृत फेला परेकी हुन् ।
९. सिजनको मुखमै बन्द भए नेपाली चिया उद्योग
नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यावहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन् । चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाडी जिल्ला इलामलगायत क्षेत्रमा रहेका चिया उद्योगहरू बाध्यात्मक रूपमा बन्द भएका छन् ।
१०. स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ
चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम र उपचार सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण