बेलायतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ । बेलायतमा संक्रमित संख्याले दैनिक जसो नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा ५३ हजार १३५ जना नयाँ कोरोना संक्रमित थपिएपछि अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
हिजो सोमबार नयाँ रेकर्ड कायम भएको भनिएपनि आज सार्वजनिक संख्या दश हजार भन्दा बढी रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार ४१ हजार ३८५ नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । संक्रमित संख्यामा वृद्धि भएसँगै यहाँका अस्पतालहरुमा संक्रमितको चाप तीव्र रुपमा बढेको छ । अस्पतालमा भर्ना हुनेको संख्या पनि महामारी शुरु भएयाताकै सबैभन्दा बढी पुगेको स्वास्थ्य नेशनल हेल्थ सर्भिसले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ७१ हजार ५६७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ३२२ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा २१ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ५२९ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा हालसम्म छ लाख १६ हजार भन्दा बढीलाई फाइजर(बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण