सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘बरालिंदै हिँडे’ मा छाए सुनोद र एन्जी

बिहीबार, १६ पुस २०७७, १५ : १५
बिहीबार, १६ पुस २०७७

सागर राजको शब्द र संगीत रहेको ‘बरालिदै हिँडे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुनोद श्रेष्ठ र एन्जी मुल्मी श्रेष्ठसहितका कलाकारहरुले अभिनय गरेका छन् । श्रेष्ठ र मुल्मीलाई नृत्यमा सुजना भारती, वर्षा तिलिजा पुन, प्रशान्त श्रेष्ठ र विशाल परियारले साथ दिएका छन् । गीतको कोरियोग्राफी सुनिल पराजुलीले गरेका छन् ।

त्यसैगरी, प्रक्सन्समा कुटुम्बका राजुु महर्जन र बाँसुरीमा कुटुम्बकै रुबिन श्रेष्ठले साथ दिएका छन् । गीतमा प्रदीप जोशीले ब्याकग्राउन्ड स्कोरिङ, समिक सापकोटाले एरेन्ज र मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई सुनेश श्रेष्ठ र साकार जोशीले खिचेका हुन् भने दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । यस भिडियोको प्रोड्युुसर तथा परिकल्पनाकार मोडल सुनोद श्रेष्ठ नै हुन् । अस्टे«लियाको मेलवर्नमा छाँयाङ्कन गरिएको भिडियोलाई सुशिल चालिसेले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप