सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘ए मुना’मा आशिष र सम्पदाको रोमान्स

शुक्रबार, १७ पुस २०७७, १३ : २६
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । गायक आशिष सचिनको नयाँ गीत ‘ए मुना’ सार्वजनिक भएको छ । गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ । स्याड भर्जनमा तयार भएको  गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।
गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ । 

मनोज बस्नेतको निर्देशनमा रहेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीको रहेको छ । आफुले अन्य गीत भन्दा यसमा धेरै मिहिनेत गरेको आशिषले बताए ।  ‘मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, मलाई यस गीतमा पनि पहिलाको जस्तै माया दिनुहुनेछ ’ आशिषले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप