बेलायती प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता लिने
बेलायतका प्रधानमन्त्री बोरिस जोनसना पिताले बेलायतले युरोपेली संघसँग सम्बन्ध तोडिदिएपछि आफूले फ्रान्सको नागरिकताका लागि आवेदन दिने बताएका छन् ।
स्टेनली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँगको कुराकानीमा आफ्नी आमा फ्रान्समा जन्मिएकोले उनले आफूलाई सधैं एक फ्रान्सेलीको रुपमा हेर्ने गरेको बताए ।
८० वर्षका स्टेनली युरोपेली संसदको कन्जर्भेटिव सदस्य थिए र सन् २०१६ मा भएको ब्रेक्सिट जनमत संग्रहमा उनले युरोपेली संघसँगै रहनका लागि भोट दिएका थिए ।
उनका छोरा बोरिसले संघबाट बाहिर निस्कने अभियानको नेतृत्व गरेका थिए र प्रधानमन्त्रीको रुपमा बेलायतलाई युरोपेली संघबाट बाहिर ल्याए ।
स्टेनली जोनसनले बिहिबार बेलायत युरोपेली संघबाट अलग हुनु केही घण्टा अघि, प्रसारित एक अन्तर्वार्तामा फ्रान्सेली नागरिकता प्राप्त गर्नुको पछाडि कारणहरु बताए । उनले भने, ‘यो फ्रेन्च बन्ने बारे होइन ।’
‘मसँग पहिला जे थियो त्यसलाई पुनः हासिल गर्नेबारे हो ।’
उनका अनुसार उनकी आमाको जन्म फ्रान्समा भएको थियो र एक फ्रेन्च आमाको छोरा भएको नाताले उनी सधैं युरोपेली हुनेछन् ।
स्टेनली जोनसन युरोपेली संसदका लागि सन् १९७९ मा छानिएका थिए । त्यतिबेला पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो । त्यसपछि उनले युरोपेली कमिशनका लागि काम गरे ।
यसै कारण बोरिस जोनसनको वाल्यकाल केही समय ब्रसेल्समा बित्यो । ब्रेक्जिटको मुद्दाले जोनसन परिवारबीच सहमति बन्न सकेन ।
प्रधानमन्त्रीकी बहिनी पत्रकार रेचल जोनसनले ब्रेक्जिटको विरोधमा सन् २०१७ मा चुनाव अघि कन्जरभेटिव पार्टीलाई छोडेर लिबरल डेमोक्रेट्ससँग मिलेकी थिइन् ।
उनका भाइ तथा कन्जरभेटिव सांसद जो जोनसनले युरोपेली संघसँग निकट सम्बन्धको समर्थन गर्दै सन् २०१८ मा मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण