शनिबारदेखि जलपन्छीको गणना शुरु

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।
नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति सम्लग्न रहेको बताइएको छ । यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् ।
सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।
स्वयंसेवीरूपमा गरिएको यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण