एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
काठमाडौँ । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आह्वान गरेका छन् ।
‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको साङ्गठनिक स्वरुप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् ।
उनीहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका थिए । वक्ताहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ, त्यति नै कमजोरी अरू पदाधिकारीको रहेको तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष तथा पूर्वनेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरेश रोकाया, नवीना लामा, डा. सुजन कडरिया, रचना खड्का, मोति विक, उषाकिरण तिम्सिना, मेनका पछाइ, तपेन्द्र बहादुर शाहीलगायतले पार्टीमा रूपान्तरणको माग गरेका हुन् ।
एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदल अहिले प्रतिवेदन लेखनको क्रममा छ । गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
-
१८ जनाको पासपोर्ट र १ करोडभन्दा बढी रकम लिएर फरार (भिडिओ रिपोर्ट)
-
किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण