बेलायतमा कोरोना संक्रमणको रेकर्डस्तरको वृद्धि, एकै दिन ५७ हजार बढी संक्रमित
लण्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । संक्रमित संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
शनिबार सार्वजनिक तथ्याङ्क अनुसार संक्रमित संख्या अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यो संख्या बेलायतमा महामारी शुरु भए यताकै सबैभन्दा बढी हो ।
यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २६ लाखको हाराहारीमा पुगेको छ । दैनिक ५० हजारभन्दा बढी संक्रमित भएको यो पाँचौं दिन हो । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार ‘स्ट्रेन’ देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको हो ।
यसैगरि गएको २४ घन्टामा थप ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ हजार ५७० पुगेको छ । हाल बेलायतका अस्पतालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुगेको छ । दैनिक दुई हजार चार सय भन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भैरहेका छन् । संक्रमित संख्याको चाप बढ्न थालेपछि यहाँका अस्पताल थप अस्तव्यस्त बन्न पुगेका छन् ।
फाइजन –बायोनटेक कम्पनीबाट निर्मित कोभिड खोप आम रुपमा लगाउने पहिलो देश बेलायतले यहाँकै अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप पनि आउँदो सोमबारदेखि आम रुपमा वितरण गर्दैछ । झण्डै दश लाख मानिसलाई फाइजन – बायोनटेकको भ्याक्सिन दिइसकेको स्वास्थ्य मन्त्रि म्याट ह्यान्ककले बताएका छन् ।
अक्सफोर्ड –एष्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायतका अस्पतालमा ढुवानी भइसकेको संचार माध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण