शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनले शपथ लिनुअघि ट्रम्प स्कटल्याण्ड प्रस्थान गर्ने सम्भावना, विमान तयारी अवस्थामा

मङ्गलबार, २१ पुस २०७७, १३ : ४८
मङ्गलबार, २१ पुस २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिन कहाँ होलान, यसका लागि विभिन्न अनुमान लगाइँदै छ । द गार्डियनको रिपोर्ट अनुसा जो बाइडेनले औपचारिक रुपमा सत्ता सम्हाल्नु एक दिन अघि नै ट्रम्पले आधिकारिक रुपमा प्रयोग गर्दै आएको विमान स्कटल्याण्डको उडान भर्ने तयारीमा छ । 

ट्रम्पले अहिलेसम्म राष्ट्रपति चुनावको हार स्विकार गर्न सकेका छैनन् । उनको एउटा फोनवार्ता पनि सार्वजनिक भएको छ जसमा ट्रम्पले जर्जियाको चुनाव अधिकारीलाई केही हजार भोट जुटाइदिन भनिरहेका थिए । यसबाहेक जनवरी ६ मा ट्रम्पले आफ्नो समर्थकलाई प्रदर्शनका लागि जम्मा हुन पनि भनेका छन् । यस दिन कांग्रेसले चुनावको नतिजामा मुहर लगाउँदै छ ।

२० जनवरीमा बाइडेनले सत्ता सम्हाल्दै छन् तर ह्वाइट हाउसले पनि ट्रम्पको विषयमा कुनै जानकारी दिन अस्विकार गर्दै आएको छ । त्यसैले प्रश्न यो पनि उठ्न थालेको छ कि ट्रम्प आफ्नो मर्जीले ह्वाइट हाउस छोड्लान् वा नछोड्लान् । 

ट्रम्पलाई बुझ्नेहरु थुप्रैले उनी आफ्नो चुनावी हारमा मुहर लगाउने हरेक कार्यक्रमको विरोध गर्ने  आँकलन गरेका छन् । थुप्रै विश्लेषकले बाइडेनको कार्यकाल अघि ट्रम्पले केही अप्रत्याशित कदम उठाउन सक्ने भविष्यवाणी पनि गरेका छन् । केही रिपोर्टले ट्रम्प फ्लोरिडास्थित आफ्नो नीजि क्लब जानसक्ने दाबी गरिसकेका छन् । 

यद्यपि, स्कटल्याण्डको प्रमुख पत्रिका ‘सन्डे पोस्ट’ ले आफ्नो रिपोर्टमा लेखे अनुसार ट्रम्प स्कटल्याण्डस्थित टर्नबेरी गोल्फ कोर्स रिसोर्टको नजिक प्रेस्टविक एयरपोर्टमा १९ जनवरीमा अमेरिकी सैन्य विमान बोइंग ७५७ आउने सूचना दिइएको छ । ट्रम्पलाई थुप्रै पटक योा विमानमा सवारी गरेको देखिएको छ । 

रिपोर्टका अनुसार नोभेम्बर महिनामा टर्नबेरी आसपासको इलाकामा अमेरिकी सैन्य विमानले निगरानी गरिरहेको देखिएको थियो । सम्भवतः यो ट्रम्प आउनु अघिको तयारी हो । यो रिपोर्ट सार्वजनिक भएपछि बाइडेनको कार्यकालको अघिल्लो दिन नाटकीय घटनाक्रम हुने कयास थप तेज भएको छ । 

‘द पोस्ट’ ले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘यो यस कुराको संकेत हो कि ट्रम्प लामो समयका लागि कुनै स्थानका लागि प्रस्थान गर्नेछन् । बोइंग ७५७, बोइंग ७४७–२००बीएसको तुलनामा सानो विमान हो । यसको प्रयोग ट्रम्पभन्दा बढी उप–राष्ट्रपति वा फ्स्ट लेडी मेलानिया ट्रम्पले गर्दै आएका छन् ।

यदि रिपोर्टमा उल्लेख गरेअनुसार नै भए, यो अमेरिकाको इतिहासमा एक अचम्मको  घटना हुनेछ जब कोही राष्ट्रपतिले औपचारिक रुपमा पद छोड्नु अघि देश नै छोड्नेछन् । 

गार्डियनले लेखेको छ, ‘२० जनवरी अघि स्कटल्याण्डका लागि हिँड्नु करदाताको पैसामा राष्ट्रपति कार्यकाल समाप्त भएपछिको पहिलो छुट्टी मनाए सरह हुनेछ । यो पनि सम्भव छ कि फ्लाइट पहिलेदेखि नै बुक गरिएको हुनसक्छ र अचानक भएको हारपछि संशयको स्थिती बनेको पनि हुनसक्छ ।

केही रिपोर्टमा बताइए अनुसार ट्रम्पको व्यवसाय ऋणमा डुबेको छ र अबको समयमा उनले थुप्रै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । सोमबार ट्रम्पको अकाउन्टको विषयमा प्रकाशित रिपोर्ट अनुसार ट्रम्पको स्कटल्याण्डको गोल्फ प्रोपर्टीमा ३.४ मिलियन युरोको क्षती भएको छ । यद्यपि, ट्रम्पको स्कटल्याण्डको टर्नबेरी प्रोपर्टीमा थोरै नाफा भएको छ । 

स्कटल्याण्डमा ट्रम्पका छिमेकीले पनि उनलाई टर्नबेरीमा स्थायी रुपमा बस्न दिने छैनन् । उनले ट्रम्पलाई यसो गर्नबाट रोक्नका लागि कानूनी कोसिस पनि सुरु गरिसकेका छन् । ट्रम्पका छिमेकीहरुका अनुसार सन् १९९० मा भएको सम्झौतामा नीजि निवासलाई क्लबमा परिवर्तन गरिएको थियो र ट्रम्प स्थायी रुपमा यहाँ बस्न सक्ने छैनन् । 

ट्रम्प २० जनवरीमा जता गएपनि उनको ह्वाइट हाउसबाट शान्तिपूर्ण तरिकाले विदाई नहुने निश्चित जस्तै भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप