बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बुधबार, २२ पुस २०७७, ०७ : ०४
बुधबार, २२ पुस २०७७

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए । 

बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ । 

चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसार बेलायतमा हरेक ५० मध्ये एक व्यक्ति कोरोना पोजेटिभ छन् । अर्थात् एउटा ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटमा छन् । 

उनका अनुसार सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमितको संख्यामा ७० प्रतिशतको वृद्धि देख्न पाइएको छ । उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट बेलायतको सबै हिस्सामा फैलिरहेको जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप