कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’
बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए ।
बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ ।
चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसार बेलायतमा हरेक ५० मध्ये एक व्यक्ति कोरोना पोजेटिभ छन् । अर्थात् एउटा ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटमा छन् ।
उनका अनुसार सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमितको संख्यामा ७० प्रतिशतको वृद्धि देख्न पाइएको छ । उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट बेलायतको सबै हिस्सामा फैलिरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण