सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रिक्सा चालक बने हरिवंश

बिहीबार, २३ पुस २०७७, ११ : ४४
बिहीबार, २३ पुस २०७७

काठमाडौं । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चलाउन बनेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि रिक्सा चलाएका हुन् । 

बुधबार सार्वजनिक गीत ‘एउटा कुरा छ’को भिडियोमा उनी रिक्सा चालकको रुपमा देखिएका हुन् । भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ । 

शब्द र संगीत समेत हरिवंशकै रहेको छ । सत्यदीप केसीको छायाँकन र सागरराज शर्माको निर्देशन रहेको भिडियो दर्शकले रुचाउने अपेक्षा हरिवंशको रहेको छ । गीत महसंचारको युट्युबबाट सार्वजिनक भएको हो ।

यस अगाडि हरिवंशको ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ’हाम्री आमा सार्ह्रै नै बाठी छिन्’लगायत गीत चर्चित छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप