रुपन्देहीमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
बुटवल । रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं.को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको बताए । उक्त दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण