अन्तर बैंक एटीएम कारोबारको शुल्क तोकियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । यद्यपि एक महिनामा बढीमा २ पटकसम्म रकम भुक्तानीका लागि भने कुनै शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवाको शुल्क पूर्व जानकरी गरेर लिन सकिने उल्लेख गरिएको छ । त्यस्तै, हराएको युजरनेम वा पासवर्ड रिट्राइभ सेवामार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले यसअघि महामारीको अवधिमा एटीएम शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । तर, यो नीतिप्रति बैंकरहरुले तीव्र विरोध जनाएका थिए । शुल्क लिन नपाउने भएपछि कतिपय बैंकहरुले अन्तरबैंक भुक्तानी बन्द गर्नेदेखि बिग्रिएका एटीएम मेसिन नै नबनाउन थालेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् एटीएम शुल्क व्यवस्थित गर्ने जनाएको थियो । सोही समीक्षा अनुसार राष्ट्र बैंकले यस्तो निर्देशिका जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण