शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीलाई प्रचण्ड–माधव समूहले पठायो संविधान पुस्तक

शुक्रबार, २४ पुस २०७७, १३ : ३४
शुक्रबार, २४ पुस २०७७

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो । उक्त समूहको काठमाडौं जिल्ला कमिटीले जुलुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ ।

त्यस्तै रौतहटमा पनि उक्त समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर उक्त समूहका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले संविधान पुस्तक र ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई पठाएका हुन् । उता, दोलखामा पनि प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएका छन् ।

सदरमुकाम चरिकोटमा आयोजित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चारमन्त्री पार्वत गुरुङको आगमनको विरोधमा आयोजित र्यालीपछि उक्त समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाएको हो । त्यसअघि उनीहरुले मन्त्रीद्वयलाई कालो बेलुन देखाएर विरोध गरेका थिए । अन्य जिल्लाहरुमा पनि सो समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप