सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

समाचार सारांश
- विशेष सरकारी वकिल कार्यालयले दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी सीआईबीको अनुसन्धान अपुरो रहेको जनाएको छ र फाइल फिर्ता गरेको छ।
- प्रसाईंले विभिन्न कम्पनीका नाममा लिएको २७ करोडभन्दा बढी ऋण दुरुपयोग गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ, जसलाई सरकारी वकिलले थप अनुसन्धान गर्न भनेको छ।
- तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनको आरोपमा प्रसाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको बैंकिङ कसुर सम्बन्धी अनुसन्धान अपुरो रहेको विशेष सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ब्युरोको अनुसन्धान अपुरो देखिएको भन्दै विशेष सरकारी वकिलले फायल फिर्ता गरेको छ ।
प्रसाईँले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागि दुरुपयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । अहिलेसम्मको अनुसन्धानबाट प्रसाईँले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबार मार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा उनले दुरुपयोग गरेका हुन् ।
ब्युरोले अनुसन्धान सकेर केही दिनअघि प्रतिवेदन बुझाएको थियो । तर, विशेष सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आएको ब्युरोका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । सरकारी वकिलले प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारबारे पनि अनुसन्धान गर्न भनेको छ । बोगटी भन्छन्, ‘परिवारका अन्य सदस्यहरूलाई पनि अनुसन्धान गर्न भनिएको छ ।’
विशेष सरकारी वकिल कार्यालयले प्रहरीलाई ६ बुँदे निर्देशन दिएको छ ।
चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनको मुख्य प्रतिवादी प्रसाईँलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् । अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका ‘माननीय’ले बजेटमा कस्ता–कस्ता आयोजना मागे ?
-
बाबर आजमले पहिलोपटक बिग ब्यास लिगमा खेल्ने
-
मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
-
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
-
इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते, २ जनाको अवस्था गम्भीर
-
लस एन्जलस प्रदर्शनको नालीबेली