शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक

शुक्रबार, ३० जेठ २०८२, ११ : २१
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेट उल्लेख्य वृद्धि भएको बताएका छन् ।
  • उनले यसअघिका वर्षहरूमा तलब, पोसाक, रासनको समस्या समाधान गर्न र प्रविधिको प्रयोगलाई बढावा दिने बताए।
  • गृहमन्त्रीले अनुसन्धानलाई प्रविधिमैत्री बनाउन र शान्ति सुरक्षा कायम राख्न आवश्यक सामग्रीको व्यवस्थापनमा जोड दिए।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फकाे बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए ।

वर्षभरका लागि तलब, पोसाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ । अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एन्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए । 

गृहमन्त्री लेखकले भने, ‘यसपालि तुलनात्मक रूपले सुखद कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ । उल्लेख्य भनेको धेरै बढी होइन, मुलुकको साधन र श्रोत तथा बजेटको स्थितिलाई हेर्दा तुलनात्मक रूपले राम्रो छ । यो भन्दा पहिला जम्माजम्मी ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुन्थ्यो । यसपालि तलब, पोसाक, रासन एकमुष्ट वर्षभरका लागि विनियोजन गरिएको छ । त्यसमा अब कुनै तनाव हुनेवाला छैन ।

उनले भने, ‘त्यसपछि थप केही श्रोत, साधनहरू जस्तो अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय होस् वा गाडीहरूका लागि ल एन्ड अर्डर मेण्टन गर्नका लागि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुनेछैन । तर अब त्यसअनुरूप रिजल्ट पनि दिनुपर्छ ।’

गृहमन्त्री लेखकले बढी भन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप