‘जब पहिलो पटक आफ्ना पितालाई रोएको देखेँ,’ अमिताभको भावुक पोस्ट
बलिउडका महानायक भनिने अमिताभ बच्चनले आफ्नो जीवनमा थुप्रै पटक मृत्युलाई पनि झुक्याइसकेका छन् । आजभन्दा ३८ वर्ष अघि अमिताभ बच्चनको एउटा ठूलो दुर्घटना भएको थियो । उनी आफ्नो फिल्म कुलीको सुटिङका बेला नराम्रोसँग घाइते भएका थिए । उनले लामो समयसम्म अस्पतालमा बसेर रोगसँग लड्नुपर्यो । उक्त दुर्घटनाबारे धेरैलाई थाहा पनि छ । उक्त दुर्घटनालाई याद गर्दै अमिताभ बच्चनले सोसल मिडियामा एउटा भावुक पोस्ट साझा गरेका छन् ।
T 3777 - The caption informs of 45 million on Twitter .. thank you Jasmine, but the picture says a lot more ..
— Amitabh Bachchan (@SrBachchan) January 9, 2021
Its the moment I came home surviving death after the 'Coolie' accident ..
Its the first time ever I saw my Father breaking down !
A concerned little Abhishek looks on ! pic.twitter.com/vFC98UQCDE
जब रोएका थिए अमिताभका पिताः
ट्वीटरमा अमिताभ बच्चनको ४ करोड ५० लाख फलोअर्स पुगिसकेका छन् । यो मौकामा अभिनेताका प्रशंसकले सोसल मिडियामा थ्रोब्याक फोटो सेयर गरेका थिए जसमा अमिताभ बच्चन आफ्ना िपता र अभिषेक बच्चनसँग देखिएका छन् । ती प्रशंसकले त अमिताभलाई बधाई मात्रै दिएका थिए तर नायकलाई पुराना दिन याद आए । उक्त फोटो सेयर गर्दै अमिताभ बच्चनले यस पछाडिको कहानी बयान गरे । उनी भन्छन्, ‘एक प्रशंसकले भनिरहेका छन् कि मेरा ४ करोड ५० लाख फलोअर्स भएका छन् । तर यो तस्बिरले त धेरै कुरा बयान गर्छ । यो त्यतिबेलाको समय थियो जब म कुली दुर्घटनापछि ठिक भएर घर फर्किएको थिएँ । यो पहिलो मौका थियो जब मैले आफ्ना पिता रोएको देखेँ । अभिषेक पनि निकै चिन्तामा मलाई हेरिरहेका थिए । ’
हुन त उक्त घटनापछि अमिताभको जीवनमा धेरै कुरा परिवर्तित भइसकेको छ । उनले आफ्नो करियरको एक भिन्न स्थान नै हासिल गरिसकेका छन् र अब उनलाई एक लेजेन्डको रुपमा मानिसहरुले हेर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण