शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जब पहिलो पटक आफ्ना पितालाई रोएको देखेँ,’ अमिताभको भावुक पोस्ट

आइतबार, २६ पुस २०७७, ०८ : ३०
आइतबार, २६ पुस २०७७

बलिउडका महानायक भनिने अमिताभ बच्चनले आफ्नो जीवनमा थुप्रै पटक मृत्युलाई पनि झुक्याइसकेका छन् । आजभन्दा ३८ वर्ष अघि अमिताभ बच्चनको एउटा ठूलो दुर्घटना भएको थियो । उनी आफ्नो फिल्म कुलीको सुटिङका बेला नराम्रोसँग घाइते भएका थिए । उनले लामो समयसम्म अस्पतालमा बसेर रोगसँग लड्नुपर्यो । उक्त दुर्घटनाबारे धेरैलाई थाहा पनि छ । उक्त दुर्घटनालाई याद गर्दै अमिताभ बच्चनले सोसल मिडियामा एउटा भावुक पोस्ट साझा गरेका छन् । 

जब रोएका थिए अमिताभका पिताः

ट्वीटरमा अमिताभ बच्चनको ४ करोड ५० लाख फलोअर्स पुगिसकेका छन् । यो मौकामा अभिनेताका प्रशंसकले सोसल मिडियामा थ्रोब्याक फोटो सेयर गरेका थिए जसमा अमिताभ बच्चन आफ्ना िपता र अभिषेक बच्चनसँग देखिएका छन् । ती प्रशंसकले त अमिताभलाई बधाई मात्रै दिएका थिए तर नायकलाई पुराना दिन याद आए । उक्त फोटो सेयर गर्दै अमिताभ बच्चनले यस पछाडिको कहानी बयान गरे । उनी भन्छन्, ‘एक प्रशंसकले भनिरहेका छन् कि मेरा ४ करोड ५० लाख फलोअर्स भएका छन् । तर यो तस्बिरले त धेरै कुरा बयान गर्छ । यो त्यतिबेलाको समय थियो जब म कुली दुर्घटनापछि ठिक भएर घर फर्किएको थिएँ । यो पहिलो मौका थियो जब मैले आफ्ना पिता रोएको देखेँ । अभिषेक पनि निकै चिन्तामा मलाई हेरिरहेका थिए । ’

हुन त उक्त घटनापछि अमिताभको जीवनमा धेरै कुरा परिवर्तित भइसकेको छ । उनले आफ्नो करियरको एक भिन्न स्थान नै हासिल गरिसकेका छन् र अब उनलाई एक लेजेन्डको रुपमा मानिसहरुले हेर्ने गर्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप