पोपले आगामी साता भ्याक्सिन लगाउने
एजेन्सी । पोप फ्रान्सिसले आगामी साता कोभिड १९ भ्याक्सिन लगाउने भएका छन् । इटालियन टेलिभिजन च्यानल ५ सँगको कुराकानीमा बोल्दै धर्मगुरु फ्रान्सिसले सबैलाई भ्याक्सिन लगाउन आग्रह गरे । भ्याटिकन सिटीमा आगामी साता भ्याक्सिन लगाउने कार्यक्रम सुरु भएपछि आफुले भ्याक्सिन लगाउने उनले बताए । ‘आगामी साता हामी यहाँ (भ्याटिकन) मा भ्याक्सिन लगाउने कार्यक्रम सुरु गर्दैछौं र मैले यसका लागि समय लिइसकेको छु । भ्याक्सिन लगाउने तय भइसकेको छ’ अन्तरवार्तामा उनले भने ।
८४ वर्षीया पोपले पोलियो महामारीको सम्झना गर्दै भने, ‘जतिबेला म सानो थिएँ, त्यतिबेला पोलियोको महामारी थियो । धेरै बच्चाहरुलाई पक्षघात भयो र हामीहरु भ्याक्सिनको प्रतिक्षा गर्दै थियौं ।’ भ्याटिकन सिटीले कोभिड १९ भ्याक्सिन लगाउनु नैतिक रुपमा स्विकार्ने हुने जानकारी यसअघि नै दिएको दिइसकेको छ ।
यहाँ कम्तिमा १९ जनामा कोरोना महामारी देखिएको छ । ‘मलाई थाहा छैन किन केही मानिसहरु भ्याक्सिन खतरापूर्ण छ भनिरहेका छन् । तर, यदि डाक्टरले यसलाई केही राम्रो हुनसक्छ भनेर प्रस्तुत गरेका छन् भने यसले कुनै विशेष विशेष जोखिम ल्याउँदैन’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण