अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए
एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २४ तालिबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ ।
उरुज्गान प्रान्तमा ११ तालिवान लडाकु मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ जना मारिनुको साथै अन्य पाँच घाइते भएका पनि उक्त श्रोतले थप जानकारी दिएको छ । अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त भएको छ ।
तापनि सन्ण् २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्ष्य गर्दै आक्रमण गर्ने गरेका छन् । सो आक्रमणहरुमा बारम्बार सर्वसाधारणले ज्यान गुमाउने क्रम जारी नै रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण