ad
केन्द्रीय संस्करण
मानसिक स्वास्थ्य

नेपालमा बाल आत्महत्या दर बढ्यो

काठमाडौँ उपत्यकामा मात्रै ४२ जनाले आत्महत्या गरे

person explore access_timeपुस २८, २०७७ chat_bubble_outline0

काठमाडांँको कोटेश्रस्थित महादेवस्थानमा नजिकै बस्दै आएका उदयपुर गाईघाटका १४ वर्षीय बालकले पाँच दिन अघि आत्महत्या गरे । आमा बुवाको अनुमतिबिना घरको पैसा उनले झिकेका थिए । नसोधी पैसा झिकेको भन्दै आमाले गाली गर्दा सलमा पासो लगाएर आशिष चौधरीले आत्महत्या गरे । यसरी आशिष जस्तै आवेगमा आएर वा मनोरोगी भएर आत्महत्या गर्ने बालबालिकाको संख्या पछिल्लो समय  बढेकोे छ ।

यता, घरभित्र बस्दा सरल स्वभाव देखाउने तर घर बाहिर निस्किसकेपछि एकोहोरो चिच्याउने लामो समयसम्म रोहिरहने व्यवहार डिल्लीबजारका ५ वर्षीय बालकले देखाउन थाले । घरभित्र बस्दा मोवाइल, टिभीमा हेर्दै एक्लै खेलेर खुसी हुने ती बालक घरबाहिर निस्कदा, सवारीसाधान देख्दा, चढ्दा डराउने क्रम नरोकिएन । रातिमस्त निदाएका बालक एक्कासी बेलाबेलामा चिच्याएर रुन थाले । उपचारको क्रममा थाहा भयो कि उनलाई त मानसिक समस्या पो रहेछ ।

यस कोरोना महामारीमा लामो समयसम्म घरभित्र सिमित बनेका बालकालिकाहरुमा तुलनात्मक रुपमा मानसिक समस्या देखिएको मनोविश्लेषक बासु आचार्य बताउँछन् । मानसिक रुपमा पीडीत बालबालिका पनि हुन्छन् भन्दा धेरै अभिभावक पत्याउन तयार हुँदैनन् । तर, अपवादमा बाहेक आत्महत्या गर्ने बालबालिका प्रायः मानसिक समस्याबाट ग्रसित हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक उत्कर्ष कार्की बताउँछन् ।

पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ४२ जना बालकालिकाले आत्महत्या गरेका छन् । गत्त आर्थिक वर्ष ०७६/०७७ मा बालबालिकाको आत्महत्या दर डरलाग्दो तरिकाले वृद्धि भएको महानगरीय प्रहरी परिसरद्वारा सङकलन गरिएको तथ्याङ्कले देखाउँछ ।

काठमाडौँ उपत्यकामा आत्महत्या गर्ने बालबालिको तथ्याङ्कलाई केलाउँदा आत्महत्या दर पछिल्लो समय बढेको थाहा पाउन सकिन्छ । ०७२/०७३ मा  काठमाडौँ उपत्यकामा आत्महत्या गर्ने बालबालिको संख्यामा शुन्य थियो । ०७३/०७४ उपत्यकामा ५ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका थिए । यस्तै ०७४/०७५ मा काठमाडौं उपत्यकामा ६ जना बालक र ८ जना बालिकाले आत्महत्या गरेको थिए । ०७५/०७६ मा ७ जना बालक र ९ जना बालिकाले आत्महत्या गरेको छन् ।

गत्त वर्ष उपत्यका आत्महत्या गर्ने ४२ जना बालबालिकामध्ये २४ जना बालक र १८ जना बालिका छन् । कलिलो उमेरमा आत्महत्या गर्ने बालबालिकाको दर बढ्नु  डरलाग्दो अवस्था सृजना भएकाले सम्बन्धित निकायले गहन रुपमा सोच्नुपर्ने बेला आएको मनोविश्लेषक आचार्य बताउँछन् ।

मानसिक समस्या केवल वयस्क, युवा र वृद्धवृद्धालाई मात्रै हुन्छ भन्ने आमधारणा छ । तर, बालबालिकालाई पनि विभिन्न प्रकृतिका मानसिक समस्या देखिन्छ । अभिभावकहरुले बालबालिकाहरुको मनोभावना अनुसार व्यवाहार गर्न नजानेका कारण पनि यस कोरोना महामारीकालमा उनीहरु झन् मानसिक रुपमा अस्वस्थ हुने मनोविद् सनम पौडेल बताउछिन् ।

काठमाडौँ उपत्यकामा आत्महत्या गर्ने बालबालिको तथ्याङ्कलाई केलाउँदा आत्महत्या दर पछिल्लो समय बढेको थाहा पाउन सकिन्छ । ०७२/०७३ मा  काठमाडौँ उपत्यकामा आत्महत्या गर्ने बालबालिको संख्यामा शुन्य थियो । ०७३/०७४ उपत्यकामा ५ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका थिए । यस्तै ०७४/०७५ मा काठमाडौं उपत्यकामा ६ जना बालक र ८ जना बालिकाले आत्महत्या गरेको थिए । ०७५/०७६ मा ७ जना बालक र ९ जना बालिकाले आत्महत्या गरेको छन् ।

प्रदेश देश नम्बर १ मा ०७६/०७७ मा मात्रै ६४ बालक र ८० बालिका जनाले आत्महत्या गरेका छन् । प्रदेश नम्बर २ मा ५६ बालक र १ सय २१ जना बालिकाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बाग्मती प्रदेशमा बालक २१ र बालिका ४० ले आत्महत्या गरेका छन् भने गण्डकी प्रदेशमा १९ बालक र २६ बालिकाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा ३१ बालक, ८४ बालिकाले आत्महत्या गरेका छन् भने कर्णाली १८ बालक र १७ बालिका र सुदूपञ्चिम प्रदेशमा २५ बाल र ३२ बालिकाले आत्महत्या गरेका छन् । ०७६/०७७ कुल ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका मध्ये २ सय ५२ जना बालक र ४ सय १० जना बालिका आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोना महामारी अघि औसतमा दैनिक १३ देखि १५ जनाले आत्महत्या गर्थे भने अहिले बढेर १७ देखि १९ जना पुगेको छ । त्यसैले यस महामारी कालमा मानसिक रोगी र आत्महत्या गर्नेहरुको संख्या वृद्धि हुनुलाई सामान्य ठान्न नहुने मनोविद् पौडेल बताउँछिन् ।

बालकाकालिकाहरुमा मानसिक स्वास्थ्य समस्या बढदै गएको पाए पनि जनमानसमा मानसिक स्वास्थ्यसम्बन्धि जानकारीको अभाव हुँदा उपचार नपाएर अकालमा ज्यान गुमाएको मनोविद् पौडेलको भनाइ छ । मानसिक स्वास्थ्यमा समस्या देखिँदा समेत थाहा नपाएर उपचार नगर्ने चलन छ भने धेरै अभिभावकहरुमा बालबालिकामा मानसिक स्वास्थ्य समस्या नै हुँदैन भन्ने भ्रम पनि छ । त्यसैले बालबालिकाको मनोभावना बुझेर व्यवहार गर्न अभिभावक चुक्दा आत्महत्या गर्ने बालबालिको मृत्युदर बढेको उनी ठान्छिन् ।

लामो समयदेखि मानसिक स्वास्थ्य समस्या भएका बालबालिकाले आत्महत्या गर्ने बाल मनोचिकित्सक कार्की बताउँछन् । बन्दाबन्दीको समयमा भन्दा अघि मनोरोगका लक्षण देखिएपनि अभिभावक थाहा पाउँदैन थिए । मानसिक रुपमा अस्वस्थ बालबालिकाले बन्दाबन्दीमा औषधि उपचार गर्न नपाएर र मनोसामाजिक कारणहरुले आत्महत्या गर्छन् ।

उनीहरुले निरन्तर रुपमा पाइरहेको वातावरण नपाउँदा, जस्तै स्कुल जान नपाउने, साथीभाइसँग खेल्न भेट्न नपाउने, एकोहोरो एउटै वातावरणमा बस्दा, बालबालिकाले के गुमाए जस्तो महसुस निरन्तर गरिरहे भने उनी मानसिक रुपमा पीडित बन्न सक्ने बाल मनोचिकित्सक कार्की बताउँछन् । बालकालिकामा यस्ता खालको समस्या उत्पन्न हुनका लागि ठूलो कुरा केही हुनुपर्दैन । उनीहरुको दैनिक जीवनमा शैली केही परिवर्तन आएको भने पनि तनाव लिने बालबालिकामा पछि गएर विविध खालका मानसिक समस्या देखिएर आत्महत्यासम्मको प्रयास गर्ने उनी बताउँछन् । यस्तै वाक्क दिक्क मान्ने, यौन हिंसाको शिकार हुने,परिवारले समय नदिने आदि जस्ता कुरालाई निरन्तरता दिए पनि मानसिक समस्या आउन सक्छ ।

साना बालबालिकालाई दैनिकी बनाएर परिवारले सँगसँगै भएर त्सलाई पुरा गर्न सहयोग गर्नुपर्छ । बालबालिकाहरुको विचार, भावना, सोच बुझने प्रयास अनिवार्य रुपमा अभिभावकले गर्नुपर्ने बाल मनोचिकित्सक कार्की बताउँछन् । बालबालबालिकाले खेल्ने पढ्ने, खाने र अन्य समय प्रदर्शन गर्ने गतिविधिलाई व्यक्त दिने, उनीहरुको मनोभावना केहो भनेर बझनुपर्छ । बाच्चाहरुले गल्ती गरेपनि सिधै गाली गर्ने, पिट्ने गर्न हुँदैन । उनीहरुले के सही के गलत भनेर पूर्ण रुपमा छुट्याउँन सक्दैन । त्यसैले खेल्दै सिकाउँदै राम्रो नराम्रो कुरा बुझाउने कोशिस अभिभावकले गर्नुपर्ने उनको भनाइ छ ।

कुनै पनि बालबालिकाले एकैचोटी आत्महत्या गर्ने कोशिस नगर्ने उनी बताउँछन् । कुनैनकुनै बेला आत्महत्या गर्ने कुरा र व्यवहार कसैनकसैसँग देखाउने,व्यक्त गर्ने गर्छन् । त्यस्ता कुरालाई नजरअन्दाज घरपरिवारले गर्न नहुने बाल मनोचिकित्सक कार्की बताउँछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.