ओलीको प्रतिगामी कदमलाई धुलो चटाउँछौ: नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्ने दावी गरेका छन् । मंगलबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो दावी गरेका हुन् ।
उनले केपी ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त गरेको तथा संविधान नै च्यात्न खोजेको बताए । ‘एक जना व्यक्तिलाई प्रधानमन्त्री बनिरहने रहरले संविधान च्यात्न र लोकतन्त्रलाई ध्वस्त बनाउन पाइन्छ ? यो कुराको जवाफ केपी ओली र उनका समर्थकले दिनुपर्छ’ केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाई छ ।
उनले ओलीको पुस ५ गतेको प्रतिगामी कदम नसच्चिएसम्म संघर्ष जारी रहने र अन्ततः ओलीको प्रतिगामी कदमलाई धुलो चटाएरै छाड्ने दावी पनि गरे । ‘संयुक्त संघर्षको पहल गरिरहेका छौ । दलहरुबीच छलफल र परामर्श पनि भइरहेको छ । राजनीतिक दल, नागरिक समाज र बुद्धिवजवीहरुसँग अन्तरक्रिया भइरहेका छन् र नयाँ किसिमले संघर्ष अघि बढाउने प्रयास भइहरेको छ’, श्रेष्ठले भने, ‘निरकुश, प्रतिगामी र तानाशाही प्रवृतिलाई धुलो चटाएरै छाड्छौ ।’
उनले शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा संविधानले व्यवस्था गरेको संवैधानकि अंग सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक भन्दै खारेज गर्नेमा आफुहरु विश्वस्त रहेपनि जनदवाव आवश्यक रहेकाले संघर्षमा जानुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण